बढ्दो महंगाईको असर अहिले अटोमोबाइल क्षेत्रमा पनि देखिएको छ । बढ्दो महंगाईबीच टाटा मोटर्सले पनि आफ्ना गाडीको मूल्य बढाउने भएको छ । मूल्यवृद्धिको असर प्रत्यक्ष रूपमा ग्राहकको खल्तीमा पर्नेछ । अर्थात्, यदि तपाइँ टाटा मोटर्सको कुनै पनि गाडी किन्ने योजनामा हुनुहुन्छ भने, अब यो पुरानोको सट्टा नयाँ दरमा उपलब्ध हुनेछ।
मूल्य कति बढ्न सक्छ ?
मूल्य बृद्धिको सम्बन्धमा टाटा मोटर्सले कम्पनीले २०२२ अप्रिल १ बाट कमर्शियल गाडीको मूल्य बढाउने घोषणा गरेको छ । जसमा सवारीसाधनको मूल्यमा २ देखि २.५ प्रतिशतसम्म वृद्धि हुनसक्छ । तपाईलाई थाहा नै हाेला कि टाटा मोटर्स कम्पनीले मर्सिडीजको मूल्य बढेको भन्दै यसअघि २०२२ अप्रिल १ देखि आफ्नो कारको मूल्य ३ प्रतिशतसम्म बढाउने बताएको थियो ।
मूल्यवृद्धि हुनुको कारण के हो ?
टाटा मोटर्सले कारको भाउ बढ्नुको कारण रुस युक्रेन युद्धलाई औंल्याएको छ । युद्धका कारण कच्चा तेल र कमोडिटीको मूल्य बढेको कम्पनीले जनाएको छ । जसका कारण सवारीसाधनको भाडामा समेत असर परेको र बढेको छ । स्टिल, आल्मुनियम र अन्य धातु लगायतका वस्तुको मूल्यले व्यावसायिक सवारीसाधनको मूल्य बढेको हो ।
टाटा मोटर्स व्यावसायिक सवारी साधनको सबैभन्दा ठूलो कम्पनी हो
तपाईलाई थाहा नै हाेला कि टाटा मोटर्स कमर्शियल गाडीको क्षेत्रमा सबैभन्दा ठूलो कम्पनी हो । टाटा मोटर्स पनि टप–३ यात्रुवाहक सवारी कम्पनीमा परेको छ । विद्युतीय सवारी साधनको बढ्दो मागसँगै कम्पनीले यस क्षेत्रमा पनि आफ्नो हस्तक्षेप बढाइरहेको छ ।