हार्ले डेविसनले दुनियाँको सबैभन्दा महङ्गो बाइक बाइक बजारमा ल्याएको छ । नयाँ हार्ले डेविसनसँग प्रतिस्पर्धा गर्न सक्ने बाइक बजारमा नै नभएको कम्पनीले दाबी गरेको छ । मुल्य १९ करोड पर्ने दुनियाँको सबैभन्दा महङ्गो बाइक हाे ।
हार्ले डेविसनको नयाँ बाइकमा हिरा जडित छ भने, यसलाई ब्यु एडिशन बनाउनको लागि वाच तथा ज्वेलरी कम्पनीले साझेदारी गरेको छ । हार्ले डेविडसन ब्ल्यु एडिशन सफ्टेल स्लिम एसमा आधारित रहेको छ । यो बाइकको बडिवर्क कस्टम रेट्रो स्टाइलमा निर्माण गरिएको हो । कम्पनीको अनुसार मोटसाइकलका हरेक पार्टसहरु जस्तै वेल्डिङ, बिटींग, आकार तथा पोलिसजस्ता सम्पुर्ण काम हातले गरिएको हो ।
यसमा रहेको ह्विल रिम्स पनि कस्टम मेड रहेको कम्पनीले जनाएको छ । बाइकको लिभर, रिसर्भर क्याप, हेडलाइट कभर तथा फुट कन्ट्रोल जस्ता पार्टसमा गोल्ड ट्रिटमेन्ट गरिएको छ ।
यो बाइकको हरेक पार्टस चाँदीले ढाकिएको छ । यति मात्रै हैन बाइकमा अलग अलग रंगको ६ कोटस् गरिएको छ, यसलाई कम्पनीले स्पेशन कोटिंग मेथडको नाम दिएको छ । बाइकमा टप फ्युल ट्यांकीमा कटआउट्स विशेषता रहेको छ ।
यसको लेफट् वालमा ५.४० क्यारेटको हिरा जडित सालिटियर रिंग दिइएको छ । बाइकमा कस्टम मेड वाचको प्रयोग गरिएको छ । यो बाइकको डिजाइन निर्माणको लागि कम्पनीका ८ जनाले करिब २५ सय घण्टा लगाएका थिए ।
हार्ले डेविडसन यस ब्ल्यु एडिशन बाइकलाई ज्युरिकमा सार्वजनिक गरेको हो । साथै, करेन्ट एक्सचेन्जको हिसाबमा यसको मुल्य १९ करोड नेपाली रुपैयाँ रहेको छ । यसको साथै यो मोटरसाइकल को खरिदकर्तालाई कस्टम कलर बुकर रिस्ट वाँच दिने कम्पनीले जनाएको छ ।