यातायात विभागले सूचना जारी गर्दै देशभरका यातायात कार्यालयहरुबाट प्रदान हुने सेवा सुविधाहरु अनिश्चितकालका लागि बन्द हुने जनाएको छ । सर्भरमा समस्या आएको हुनाले आज अपराह्न ५ बजेदेखि सबै सेवा बन्द गरिएको हो ।
विभागले सूचनामा भनेको छ, ‘विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज अपराह्न ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरुबाट प्रदान गरिने सबैसेवाहरु अवरुद्ध हुने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
चाडैंनै यो समस्याको हल गरि फेरि सेवा सुविधा संचालन हुने विभागले जनाएको छ ।