टाटा मोटर्सले भारतको सनन्दमा रहेको फोर्डको मेन्युफेक्चरिंग प्लान्ट किन्ने योजना बनाएको छ । यो प्लान्टको वार्षिक उत्पादन क्षमता २.४ लाख युनिट रहेको छ । यो प्लान्ट खरिद गरपछि टाटा मोटर्स नयाँ उचाईमा पुग्ने जानकारहरु बताउँछन् ।
अहिलेको अवस्थामा टाटा गाडीको बिक्री लगातार बढ्दै गइरहेको र बजारमा यसको धेरै माग रहेको कम्पनीले जनाएको छ । यसैलाई मध्यनजर गरेर कम्पनीले आफ्नो उत्पादन क्षमता बढाउन मेन्युफेक्चरिंग प्लान्ट किन्ने योजना बनाएको छ ।
अहिले सेमीकन्डक्टरको अभावका कारण टाटाका ग्राहकलाई डेलिभरी पाउनमा समस्या रहेको छ । उत्पादन बढेसँगै ग्राहकले यो समस्याबाट मुक्त पाउने कम्पनीले जनाएको छ ।
कम्पनीले १ वर्षमा ५ लाख कार उत्पादन गर्ने अठोट लिएको छ । कम्पनीले आर्थिक वर्ष २२-२३ को पहिलो महिनामै प्रतिमहिना करिब ४० हजार कार बिक्री गर्ने लक्ष्य लिएको छ । यसका साथै कम्पनीले २०२२ का मोडलहरुको नयाँ भेरियन्ट र फेसलिफ्टहरू पनि लन्च गर्ने योजना बनाएको छ ।