हालै नेपाली अटोमोबाइल क्षेत्रमा धेरै रुचाईएको रोयल इनफिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता संघाई समूह भएको छ । यसअघी भने नेपालको लागि आधिकारिक बिक्रेता दुगड ग्रुप रहेको थियो । करिब २० वर्षदेखि नेपाली बजारमा दुगड ग्रुपले रोयल इनफिल्ड वितरकको जिम्मा समाल्दै आएको थियो ।
नेपालका लागि डिलर परिवर्तन भएसँगै इनफिल्डले देशका विभिन्न १८ शहरहरुबाट डिलरसिपको आह्वान गरेको छ । कम्पनीले विर्तामोड, विराटनगर, राजविराज, लहान, विरगंज, हेटौडा, काठमाडौं, भक्तपुर, लेखनाथ, स्याङजा, बाग्लुङ, दमौली, भैरहवा, कपिलवस्तु नेपालगञ्ज, गुलरिया, टीकापुर र धनगडी गरेर १८ स्थानमा डिलरका लागि आह्वान गरेको छ ।
यसको लागि इच्छुक व्यत्तिहरुले मार्च ३१ गते भित्र कम्पनीको वेवसाइटमा रजिष्टर गर्नुपर्ने छ ।