टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर इभी) ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपाधिबाट सम्मानित भएको छ। उक्त उपाधिबाट विद्युतीय टिगोरलाई कार एन्ड बाइक अवार्ड २०२२ मा सम्मानित गरिएको हो।
जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर गत वर्षको अगस्ट अन्तिममा मात्र भारतीय बजारमा सार्वजनिक भएको हो। सार्वजनिक भएको छोटो समयमै यसले राम्रो बजार पायो।गाडीको बाहिरी, आन्तरिक र सुरक्षा विशेषताहरूका कारण विद्युतीय टिगोर ग्राहकहरूमाझ लोकप्रिय छ। विद्युतीय टिगोरले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ। वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको हो भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको हो।
कम्पनीका अनुसार विद्युतीय टिगोरले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ। वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको हो भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको हो ।
जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर २६ किलोवाटको लिक्विड–कुल्ड र उच्च उर्जा घनत्व ब्याट्री प्याकद्वारा सञ्चालित रहेको कम्पनीले बताएको छ । यसमा भएको आईपी–६७ रेटेड ब्याट्री प्याकले गर्दा गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बीएचपी पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।
सुरक्षाको हिसाबले हेर्दा कम्पनीले विद्युतीय टिगोरमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ। त्यसैले गर्दा पनि गाडी ग्राहकहरूको पहिलो रोजाइमा पर्न सफल भएको बुझिन्छ।
भारतीय बजारमा विद्युतीय टिगोरको मूल्य १२ लाख २४ हजार रुपैयाँदेखि १३ लाख ३९ हजार रुपैयाँ तोकिएको छ। टिगोर इभी एक्सई, एक्सएम र एक्सजेड प्लस गरी तीनवटा ट्रिममा उपलब्ध छन्।