Monday, May 29, 2023

रुस-युक्रेन युद्धको प्रभाव : विश्वकै सवारी साधन उत्पादकहरु जोखिममा, कतै उत्पादन बन्द र कतै मूल्यवृद्धि

रुस-युक्रेन युद्धको प्रभाव स्वरुप विश्वकै सवारी साधन उत्पादकहरु जोखिममा पर्ने आकलन गरिएको छ । सवारी साधनको बजारको लेखाजोखा गर्ने संस्था एसएण्डपी ग्लोबल मोबिलिटीले रुस-युक्रेन युद्धको प्रभाव स्वरुप विश्वकै सवारी साधन उत्पादकहरु जोखिममा पर्ने आकलन गरेको छ ।

एसएण्डपी ग्लोबल मोबिलिटीले रुस-युक्रेन युद्धको कारण माग अनुसार सवारी साधनहरु उत्पादन हुन नसक्ने बरु उत्पादन अझ घट्ने बताएको हो । एसएण्डपी ग्लोबल मोबिलिटीले सन् २०२२ र २०२३ मा उत्पादन २६ लाख थान भन्दा बढिले घट्ने बताएको हो । उसका अनुसार २०२२ मा ८ करोड १६ लाख र २०२३ मा ८ करोड ८५ लाख थान हलुका सवारी साधनहरु मात्र उत्पादन हुन सक्छन् ।

एसएण्डपी ग्लोबल मोबिलिटी अनुसार चिप निर्माणमा अत्यावश्यक नियोन ग्यासको आपुर्तिमा हुने अफ्ठ्यारो तथा पालाडियमको अभावले उत्पादनमा भारी कटौति हुने छ । अन्तराष्ट्रिय बजारमा नियोन ग्यासको आपुर्तिकर्ता युक्रेन हो भने पालाडियमका लागि रुस सबै भन्दा ठुलो आपूर्तिकर्ता हो । यसले गर्दा स्थिति एकदमै खराब भएमा ४० लाख थान हलुका सवारी साधनहरुको उत्पादनमा कटौति गर्नु पर्ने हुन सक्छ ।

कोरोना भाइरसको महामारीका कारण थिलथिलो भएको विश्वको सवारी साधन उद्योग भर्खर उठ्न लाग्दै थियो । तर यहि समयमा भएको रुस-युक्रेन युद्धले गर्दा यो उद्योगमा थप प्रहार भएको छ । योसँगै सेमिकण्डक्टरहरुको अभावले पनि उद्योगमा असर गरेको थियो ।

यस्ता विविध कारणहरुले गर्दा केहि कार निर्माताहरुले यहि हप्ता आफ्ना उत्पादन बन्द गर्ने तथा उत्पादनहरुको मूल्य बढाएका छन् । यसले गर्दा विश्व सवारी साधन उद्योगको वृद्धि पहिले आकलन गरे भन्दा कम हुने प्रक्षेपण गरिएको छ ।

विश्व सवारी साधन उद्योगको २०२१ मा २.७ ट्रिलियन युएस डलर बराबरको थियो भने यसले २०२२ मा २.८ ट्रिलियन डलर छुने अनुमान गरिएको थियो ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
सबै अटो
सबै अटो
सबैअटो डट कम २०७८ चैत्रदेखि सञ्चालन भएको अटोमोबाइलसँग सम्बन्धित अनलाइन पोर्टल हो । तपाईले यसमा स्कुटर, बाइक, कार लगायतका सम्पुर्ण अटोमोबाइलका सम्पुर्ण जानकारीहरु यसमा पाउन सक्नु हुनेछ । sabaiauto.com हेर्दै गर्नुहोला तथा सबैअटोका फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब र टिकटकमा पनि हामीसँग जोडिन सक्नु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here