विश्व बजारमा अहिले पेट्रोलियम पदार्थको भाउ बढीरहेको छ । विभिन्न कम्पनीहरु पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको विकल्प खोजिरहेका छन् । विशेषगरि भारतमा सरकारले विद्युतिय र हाइड्रोजन गाडीलाई प्राथमिकता दिन विभिन्न कदम चालिरहेको छ । भारतीय बजारमा ईभिको सम्भावना धेरै भएको हुनाले ठूला कम्पनीका साथै स्टार्टअप कम्पनी पनि यस क्षेत्रमा लागिरहेका छन् ।
यसैबिच, हालै भारतको आगरामा रहेको इलेक्ट्रिक गाडी कम्पनी एनआईजे अटोमोटिवले इलेक्ट्रिक स्कूटर लन्च गरेको छ । ब्याट्री प्याकको आधारमा यो स्कूटरको भारतीय मूल्य ५३ हजारबाट सुरु भएर ९८ हजारसम्म पुग्दछ ।
स्कूटरमा भल्भ रेगुलेटेड लीड-एसिड वा लिथियम फेरो फास्फेटको साथ उपलब्ध रहेको छ । यसमा लीड-एसिड ब्याट्री प्याक केवल एक भेरियन्टमा मात्र उपलब्ध रहेको छ । यसका साथै स्कूटरमा तीनवटा सवारी मोड उपलब्ध छन् । स्कुटरले फुल चार्जमा १९० किलोमिटर सम्मको यात्रा तय गर्न सक्दछ ।
कम्पनीले यो स्कुटर इम्पेरियल रेड, ब्ल्याक ब्यूटी, पर्ल ह्वाइट र ग्रे टच कलरमा लन्च गरेको छ । डुअल एलईडी हेडल्याम्पले गर्दा यसको लुक निकै आकर्षक रहेको छ । यसमा एलईडी डीआरएल र बुमेराङ शैली एलईडी सूचकहरू पनि उपलब्ध छन्। स्कूटरमा डिजिटल स्पीडोमिटर, युएसबी चार्जिङ, रिभर्स असिस्ट र सजिलै पहुँचयोग्य चार्ज पोर्ट समावेश गरिएको छ ।