कोमाकीले काठमाडौँ बाहिरका विभिन्न शहरहरुमा डिलरसिप आह्वान गरेको छ । आफ्नो उत्पादनलाई नेपालका शहरहरुमा फैलाउने उद्देश्यले कम्पनीले डिलरसिप आह्वान गरेको हो ।
डिलरसिप लिन चाहने व्यत्तिले ९८०११००२०० अथवा कम्पनीको मेल ‘info.unitytrading2014@gmail.com’ मा सम्पर्क गर्न सक्दछन् । इच्छुक आवेदकहरूले काठमाडौं, बालुवाटारमा रहेको कम्पनीको अफिस गएर पनि सम्पर्क गर्न सकिने छ ।
कोमाकी भारतमा निर्मित बिद्युत्तिए बाइक तथा स्कुटर ब्रान्ड हो । कम्पनीले नेपाली नयाँ वर्षलाई लक्षित गरेर इलेक्ट्रिक बाइक ‘कोमाकी रेन्जर’ नेपाल ल्याउन लागेको छ । नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले नेपालमा पहिलो पटक इलेक्ट्रिक क्रुजर बाइक भित्र्याउन लागेको हो । यसअघी भने कम्पनीले कोमाकीका इलेक्ट्रिक स्कुटर मात्र ल्याउने गरेको थियो ।