भारतले गत बुधबार नयाँ मूल्यसुची पठाएसँगै नेपालमा पेट्रोलको खरिद मूल्य बढेर प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा पुगेको छ । मार्च १६ देखि ३१ सम्ममा पेट्रोलको बिक्रीबाट रु एक अर्ब सात करोड ९८ लाख नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन् ।
पेट्रोलको मूल्य अझ केही समय निरन्तर बढीरहने सजिलै अनुमान गर्न सकिन्छ । बढ्दो मूल्यका कारण आम नागरिक माझ निरासा छाएको छ । कोही विद्युतिय बाइकलाई विकल्पको रुपमा प्रयोग गर्ने योजना बनाईरहेका छन् भने कोही बढी माइलेज दिने बाइक खरिद गर्ने योजना बनाईरहेका छन् ।
यसैक्रममा, बढी माइलेज दिने बाइकहरु मध्ये बजाजको ‘बजाज सिटि १०० २०२२’ सर्वसाधरण बिच लोकप्रिय रहेको छ । यो बाइकमा फुल ट्याङ्की पेट्रोल भरेपछि काठमाडौं देखि धनगढिसम्मको यात्रा तय गर्न सकिने छ । बाइकले ८९ किलो मिटर पर लिटरको माइलेज दिने छ भने यसको इन्धन ट्याङ्की १० लिटरको रहेको छ ।
यो बाइकमा सीसी डीटीएसआई इन्जिन उपलब्ध रहेको छ जसले ८ एचपी पावर र ८.३४ एनएम टर्क उत्पादन गर्दछ । यो कम्युटर मोटरसाइकल एकदमै सरल डिजाइनको साथ आउँद छ । यसमा सिंगल-पीस सिट, हलोजन लाइट, फुल बडी ग्राफिक्स, एलोय ह्वील र कम्बी ब्रेकिङ सिस्टम (सीबीएस) जस्ता सुविधाहरू रहेका छन् ।
यो कालो, रातो र निलो गरी तीन कलरमा बजारमा उपलब्ध रहेको छ । यसको नेपाली बजारमा मूल्य ८३ हजार जति रहेको छ ।