Monday, June 5, 2023

यामाहा एमटी-१५ नेपाल ल्याउने तयारी, कति पर्ला मूल्य ?

यामाहा मोटर यतिबेला एमटी-१५लाई नयाँ आवरण र थप विशेषतासहित सार्वजनिक गर्ने तयारीमा छ। नयाँ एमटी-१५ छिट्टै भारतीय बजारमा सार्वजनिक हुने बताइएको छ । भारतमा सार्वजनिक भएसँगै नेपाली बजारमा पनि सार्वजनिक हुने सम्भावना बढी हुन्छ ।

कम्पनीले यामाहा एमटी-१५ सार्वजनिक भएको लामो समयसम्म पनि यसको परिमार्जित र अद्यावधिक मोडलहरू सार्वजनिक गर्नमा चासो देखाएन। भारतीय अखखबार टाइम्स ड्राइभका अनुसार अब भने कम्पनीले रिफ्रेस्ड एमटी-१५ सार्वजनिक गर्ने तयारी गरेको हो ।

कम्पनीले हाल भारतमा १५५ सिसीको एमटी-१५ मोडलको बुकिङ समेत बन्द गरेको छ । २०२२ यामाहा एमटी-१५ पहिलेको संस्करणको तुलनामा बढी आकर्षक र पावरफुल हुने अनुमान छ । यसको अगाडि भाग एलइडी प्रोजेक्टर हेडल्याम्पसहित थप अग्रेसिभ देखिने अनुमान छ । रिपोर्टहरू अनुसार अद्यावरण गरिएको यामाहा एमटी-१५ थप स्पोर्टी देखिनेछ ।

नयाँ एमटी-१५मा ब्लुटुथ कनेक्टिभिटी सहितको नयाँ एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर हुनेछ। जसले कल र मेसेज अलर्ट, इन्धन खपत विवरण, रिअल-टाइम इन्धन खपत, खराबीबारे सूचना, बाइक पत्ता लगाउने, पार्किङ रेकर्ड, सवारी इतिहास लगायत विशेषताहरू जान्न सकिन्छ ।

नयाँ यामाहा एमटी-१५ मा ड्युअल च्यानल एबिएस हुने अनुमान छ। यसमा पहिलेको एनटी-१५ मा पहिले जस्तै भिभिए प्रविधिसहितको १५५ सिसी सिंगल-सिलिन्डर इन्जिन हुने बताइएको छ । जसले १८ बिएचपी पावर र १४ एनएम टर्क जेनेरेट गर्छ। बाइकमा ६ स्पीड गियर बक्स हुनेछ ।

कम्पनीले नयाँ एमटी-१५ को मूल्य र अन्य विशेषताहरूबारे सम्पूर्ण विवरण खुलाएको छैन। तर हाल बजारमा उपलब्ध एमटी-१५ को तुलनामा यो महंगो हुने अनुमान छ । हाल भारतीय बजारमा एमटी-१५ को मूल्य एक लाख ४७ हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँबीच छ । नेपाली बजारमा समेत यामाहाको एम-१५ ले युवा पुस्तामाझ लोकप्रियता कमाएको छ । नेपालमा यसको सुरुवाती मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here