Monday, June 5, 2023

वर्षा याममा मोटरसाइकल कसरी कुदाउने ? सबै मोटरसाइकल चालकले जान्ने पर्ने कुराहरु

कतिपय मानिसहरुले भने वर्षा याममा रमाइलोको लागि बाइक कुदाउछन् तर कतिपयको लागि भने वर्षामा बाइक कुदाउनु आवश्यकताको विषय बन्न पुग्छ, किनकि उनीहरूले काम गर्न, वा कलेज जान वा आफ्नो दैनिक यात्राको लागि बाइकमा यात्रा गर्नै पर्ने हुन्छ । आज हामी तपाईंहरुलाई केहि सुझावहरू दिन गइरहेका छौं, जसले तपाईंहरुलाई पानी परिरहेकोबेला बाईक कुदाउदा अपनाउनु पर्ने सावधानीको बारेमा जानकारी दिन्छ ।

१) टायर केयर

टायरहरू बाइकको अत्यन्तै महत्त्वपूर्ण पार्ट्सको रुपमा लिइन्छ किनभने, तपाईंको मोटरसाइकल जुन सुकै मोडलको होस्, अन्त्यमा, सडकलाई छुने टायरले नै हो ।मोटरसाइकल/स्कुटरको टायरहरु छान्दा जहिले पनि राम्रो ग्रीप भएको टायर छान्नुपर्छ । राम्रो ग्रीप भएको टाइर, हिलो या चिप्लो सडकमा चिप्लिने अवस्था निकै कम हुन्छ त्यसैले आफ्नो बाइकको टायरलाई जहिले पनि राम्रो कन्डिसनमा राख्नु पर्छ ।

२) चेन लुब

मोटरसाइकलको चेनलाई राम्रोसँग र बारम्बार लुब्रिकेट गर्दा निकै फाइदा हुन्छ विशेष गरी मनसुनको समयमा, किनकि पानी परिरहेको बेला चेनमा पानी, हिलो र फोहोर छिर्छ । बजारमा विभिन्न चेन लुब्रिकेन्ट स्प्रे उपलब्ध छन्, वा नजिकैको वर्कशपमा गएर सजिलै अलिकति खर्चमा हाल्न सकिन्छ । चेन लुब्रिकेन्टहरूले चेनमा पानी टासिन दिदैंन र यसले तपाईंको मोटरसाइकलको चेनलाई खिया लाग्नबाट वा फुट्नबाट पनि जोगाउन सक्छ ।

३) ब्रेक प्रयोग गर्ने तरिका

सुख्खा सडकमा बाइक कुदाउदा अगाडिको ब्रेकमा पछाडिको ब्रेकको तुलनामा अलि बढी दबाब दिनुपर्छ तर वर्षामा सवारी चलाउँदा ठ्याक्कै उल्टो गर्नु पर्छ किनभने अगाडिको चक्कामा बढी दबाब दियो भने चक्का चिप्लेर बाइक लढ्न सक्छ । साथै, वर्षामा तपाईं र तपाईंको अगाडिको गाडीको बीचमा ब्रेकिङको दूरी अलिक लामो राख्नुपर्छ ।

४) भिजिबिलिटी

वर्षाको समयमा हुने अधिकांश दुर्घटनाहरूमा कम भिजिबिलिटीले प्रमुख भूमिका खेल्छ । कम भिजिबिलिटीले दुवै तर्फको बाइकलाई उस्तै असर गर्छ – दुवै तर्फको राइडरले एक अर्कालाई नदेख्दा धेरै दुर्घटना हुने गर्दछ । प्रस्ट नदेखिने समस्या, दिउसो पनि पानी पर्दा हेडल्याम्प बालेर समाधान गर्न सकिन्छ । तपाईंको मोटरसाइकलको हेडल्याम्पले ठूला सवारी साधनका अन्य सवार र चालकहरूको ध्यान खिच्न सक्छ । रातको समयमा, उच्च भिजिबिलिटी भएको टल्किने लुगा लगाएर र मोटरसाइकलको पछाडि र अगाडि राम्रो गुणस्तरको रिफ्लेक्टर स्ट्रिप टाँसेर समाधान गर्न सकिन्छ । हेल्मेटको भाइजरमा पानीका थोपाहरु पर्दा पनि बाइक कुदाउन निकै अप्ठ्यारो हुने गर्छ हेल्मेटको भाइजरमा पानीलाई टासिन नदिन् लागि बजारमा वाटर रिपेल्न्ट स्प्रेहरू पाइन्छ ।

५) सजिलो रेनकोट प्रयोग गर्ने

बजारमा निकै प्रकारका रेनकोटहरु पाइन्छ । आफुलाई जुन सजिलो लाग्छ वा आफुलाई जुन रेनकोट प्रयोग गर्ने बानि छ त्यहि प्रयोग गर्ने । डबल रेनकोट अर्थात् दुइजनालाई पुग्ने रेनकोट, सिंगल राइड गर्दा प्रयोग नगर्दा नै सजिलो हुन्छ। डबल रेनकोट लामो हुने कारणले सिंगल यात्रा गर्दा अल्झेर दुर्घटना हुने सम्भावना बढ्छ ।

६) पानी जमेको बाटोमा ध्यान दिएर कुदाउने

पानी जमेको बाटोमा बाइक कुदाउन रमाइलो लाग्न सक्छ, तर पानी मुनिको सतह नदेखेको कारण, धेरै जसो समय, तपाईलाई जमेको पानीको गहिराई कति छ थाहा नहुन सक्छ । तपाईंले यसमा सवार नभएसम्म पत्ता लगाउने कुनै तरिका छैन, त्यसैले त्यस्तो बाटोमा बिस्तारै सबैभन्दा कम गियरमा बाइक कुदाएर कटाउनु पर्छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here