Sunday, June 11, 2023

नेपालमा आउने भयो पहिलो इलेक्ट्रिक क्रुजर बाइक, यस्तो छ मूल्य र विशेषता

नेपाली नयाँ वर्षलाई लक्षित गरेर कोमाकीले इलेक्ट्रिक बाइक ‘कोमाकी रेन्जर’ नेपाल ल्याउने भएको छ । नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले नेपालमा पहिलो पटक इलेक्ट्रिक क्रुजर बाइक भित्र्याउन लागेको हो । यसअघी भने कम्पनीले कोमाकीका इलेक्ट्रिक स्कुटर मात्र ल्याउने गरेको थियो ।

कम्पनीले यस बाइकको नेपाली मूल्य ४ लाख ३५ हजार रुपैयाँ तोकेको छ । कम्पनीले बुकिङ गरेका ग्राहकलाई बैशाखको पहिलो साता देखि बाइक डेलिभरी गर्नेछ । बुकिङ गर्दा कम्पनीले ग्राहकलाई विशेष छुट पनि दिने कम्पनीले जनाएको छ ।

इलेक्ट्रिक क्रुजर बाइक कोमाकीमा ४-किलोवाटको ब्याट्री प्याक र ४,००० वाटको मोटर रहेको छ । यसले एक पटकको फुल चार्जमा १८०-२२० किलोमिटरको दुरी तय गर्न सक्ने कम्पनीले जनाएको छ । यसमा ७२ भोल्ट ५० एएचको लिथियम आयोन ब्याट्री छ, जसलाई करिब ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

यसमा केहि बजाज एभेन्जरको डिजाइन जस्तो ह्यान्डलबार, सिंगल पोड इन्स्ट्रुमेन्ट क्लस्टर, ग्लोसी क्रोम-ट्रीटेड डिस्प्ले रहेका छन् । यसको राइडर सिट एकदम आरामदायी रहेको छ ।

लामो दुरीको यात्रालाई लक्षित गरेर बाइकको दुबै छेउमा प्यानियर राखिएको छ । यसमा ब्लुटुथ साउन्ड सिस्टम, साइड स्ट्यान्ड सेन्सर, क्रुज कन्ट्रोल फिचर, एन्टी थेफ्ट लक सिस्टम र डुअल स्टोरेज बक्स रहेको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here