माछापुच्छ्रे बैंकले ओकिनावा स्कुटरको खरिद गर्दा फाइनान्स सुबिधा दिने भएको छ । यसको लागि नेपालका लागि आधिकारिक बिक्रेता बिएचसी इन्टनेश्नल र माछापुच्छ्रे बैंक बिच सम्झौता भएको हो ।
अब ग्राहकले ओकिनावाका कुनै पनि स्कुटरको खरिद गर्दा बैंकबाट ५० प्रतिशत फाइनान्स सुबिधा पाउनेछन् । बाँकि ५० प्रतिशत भने डाउनपेमेन्ट बापत भुक्तानी गर्नुपर्ने छ ।
भारतीय कम्पनी ओकिनावाले विद्युतिय स्कुटर निर्माण गर्दछ । यो कम्पनी नेपाली बजारमा प्रवेश गरेको धेरै समय भएको छैन् । विस्तारै यस कम्पनीका स्कुटर प्रति युवायुवतीको चासो बढ्दै गइरहेको छ । हाल नेपालमा ३ वटा फरक मोडलका ओकिनावा स्कुटर उपलब्ध छन् ।
ओकिनावा प्रदूषणमुक्त वातावरणलाई जोड दिदै आफ्नो स्कुटरमा नयाँ नयाँ प्रविधि अपनाइरहेको छ ।