भारतीय सरकारको अटोमोटिभ परीक्षण एजेन्सी र टोयोटा किर्लोस्कर मोटर बिच भारतका सडकमा हाइड्रोजनबाट चल्ने मिराई गाडीको अध्ययन र मूल्याङ्कन गर्न सम्झौता भएको छ । कार्यकारी उपाध्यक्ष तदासिका अनुसार ‘हाइड्रोजन कारहरू व्यावसायिक रूपमा लन्च गर्नका लागि सरकारको रुची स्वागतयोग्य छ तर यसको लागि ग्राहकहरूको चासो र आवश्यकता पनि हुनु पर्दछ ।
हाइड्रोजन कारमा हाइड्रोजन र अक्सिजनको संयुक्त मिश्रणबाट पानी र बिजुली उत्पादन हुन्छ । उत्पादन बिजुलीको सहयोगबाट कारको मोटर चल्छ र पानी फोहोरको रुपमा रहन्छ । इन्धन सेलले हाइड्रोजन ट्याङ्कीबाट प्राप्त गर्छ भने अक्सिजन हावाबाट लिने गर्दछ ।
कम्पनीले भारतमा मूल्याङ्कनका लागि ल्याएको मिराई २०२१ मा लन्च भएको दोस्रो जेनेरेसनको कार हो । पहिलो जेनेरेसनको मिराई फ्रन्ट-ह्विल-ड्राइभ कार थियो भने दोस्रो रियर-ह्वील-ड्राइभ प्लेटफर्ममा रहेको छ । नयाँ मोडलको तीनवटा हाइड्रोजन फ्युल ट्याङ्कीहरू छन् जसले ५.६ केजी हाइड्रोजन स्टोर गर्न सक्दछ । यसअघीको मोडलमा भने दुई ट्याङ्क रहेको थियो जसले ४.६ केजी हाइड्रोजन स्टोर गर्न सक्थ्यो । यसका साथै नयाँ मोडलमा लिथियम-आयन उच्च-भोल्टेज ब्याट्रीको प्रयोग गरिएको छ ।
मिराई कारमा लिनियर एक्सेलेरेशन रहेको छ किनभने यसले पेट्रोल/डिजेल गाडीहरू जस्तै गियरहरू प्रयोग गर्दैन । नयाँ जेनेरेसनको मिराईको एक्सेलेरेशन ०.६ सेकेन्डबाट ९ सेकेन्ड बढेर ०-१०० किमी/घन्टाको स्प्रिन्ट सुधार भएको छ र यसको टप स्पीड १७५ किमी/घन्टा रहेको छ ।
मिराईले हाइड्रोजनको पूर्ण ट्याङ्कीमा ६५० किलोमिटर यात्रा तय गर्छ र २-३ मिनेटमै रिफिल पनि गर्न सक्दछ । यसको लागि वरपर हाइड्रोजन इन्धन भर्ने स्टेशनको आवश्यक पर्दछ ।
निकट भविष्यमा बढ्दो पेट्रोलियम पदार्थ र ब्याट्रीमा प्रयोग हुने लिथियमको राम्रो विकल्प हाइड्रोजन कार हुने जानकारहरु बताउँछन् ।