बजाज नेपालले नयाँ वर्षको उपलक्ष्यमा सर्वसाधरणको लागि ल्याएको ‘बजाज ५ को पंच’ अफर अन्तर्गत फूल कुमारी तामाङ्गले ५२ हजार रुपैयाँ जित्न सफल भएकी छिन् । यसका साथै अरुण लामाले पनि यस अफर अन्तर्गत १ लाख ८ हजार रुपैयाँ जित्न सफल भएका छन् ।
‘बजाज ५ को पंच’ अफर अन्तर्गत बजाजका कुनै पनि मोटरसाईकल खरिद गर्दा ग्राहकले विभिन्न किसिमका पुरस्कार जित्न सक्नेछन्। कम्पनीले यो अफरलाई ५ भागमा विभाजन गरेको छ। जसअन्तर्गत ग्राहकले २-३ चोटी हैन ५ चोटीसम्म जित्ने मौका पाउनेछन्।
१. सोचेरः यो अफरमा कम्पनीले फेसबुकमा राखेको विज्ञापन पोस्टलाई आफ्नो टाईमलाईनमा सेयर गर्नुपर्दछ। व्यक्तिले बजाज बाइक किन्न जादाँ आफ्नो फेसबुक प्रोफाईलमा सो पोस्ट देखाएमा रु. १ हजार छुट पाउनेछन् ।
२. हेरेरः यो अफर अन्तर्गत ग्राहकले बजाजको कुनै पनि शोरुममा गएर बाइक हेर्ने बित्तिक म्यासेज मार्फत रु. ५० हजारसम्म जित्ने मौका पाउनेछन्।
३. किनेरः यस अन्तर्गत ग्राहकले अब बजाज बाइक किन्ने बित्तिकै पाइने युनिक कोड मार्फत १ लाख सम्म जित्न सक्नेछन्।
४. बजाज बाइक खरिदकर्ताले अरुलाई बाइक किन्न रिफर गर्दा उक्त व्यक्तिले बजाज बाइक किन्न आउँदा रिफर गर्ने व्यक्तिको नाम भनेको खण्डमा रिफर गर्ने व्यक्तिले ३ ओटा फ्रि सर्भिसिङ (९औं, ११औं र १२ औं सर्भिसिङ्गमा) पाउन सक्नेछन् ।
५. बम्पर जितेरः यस अन्तर्गत अन्त्यमा बम्पर पुरस्कारस्वरुप लक्की ड्र मार्फत रु. १० लाख जित्न सक्नेछन्।
यसबारे थप बुझ्नको लागि बजाज नेपालको फेसबुक अथवा आधिकारिक वेवसाईटमा हेर्नसकिन्छ। वा नजिकैको बजाज शोरुममा गएर यसबारे बुझ्न सकिन्छ।