नेपाली अटोमोबाइल क्षेत्रमा धेरै रुचाईएको रोयल इनफिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता संघाई समूह भएको छ । यसअघी भने नेपालको लागि आधिकारिक बिक्रेता दुगड ग्रुप रहेको थियो । करिब २० वर्षदेखि नेपाली बजारमा दुगड ग्रुपले रोयल इनफिल्ड वितरकको जिम्मा समाल्दै आएको थियो ।
अहिलेसम्म दुगड समूहअन्तर्गतको विवेक अटोमोबाइल्सले रोयल इनफिल्ड आधिकारिक रुपमा नेपाल भित्र्याउँदै आएको छ । तर आगामी मे देखि भने यसको जिम्मा संघाई समूहले समाल्ने छ ।
ठुला ठुला व्यापारी बिच भएको प्रतिस्पर्धामा संघाई समूहले जित हासिल गरेको हो ।
कम्पनीका अनुसार, ‘आगामी मे महिना देखि हामी रोयल इनफिल्ड आधिकारिक बिक्रेता हुनेछौ । ग्राहकहरुको सेवाको लागि हामी दिनरात मिहिनेत गर्नेछौ।’