मर्सिडिज बेन्जको नेपाल वितरक फेरिएको छ । किशोर वादे श्रेष्टले नेपालका लागि आयात गर्दै आएको मर्सिडिज बेन्जको आधिकारिक वितरक परिवर्तन भएको हो ।
नेपालका लागि अब मर्सिडिज बेन्जको आधिकारिक वितरक जगदम्बा मोटर्स रहने छ । जर्मन प्रिमियम कार ब्रान्ड अन्तराष्ट्रियरुपमा धेरैको रोजाइमा पर्ने भए पनि नेपालमा यसले उल्लेखनिय प्रगति गर्न सकेको थिएन । सम्भवत: यहि कारणले आधिकारिक वितरक परिवर्तन गरिएको छ । जगदम्बा मोटर्सले गैह्रीधारामा नयाँ शोरुमको काम समेत सुरु गरिसकेको छ ।
जगदम्बा मोटर्स नेपाली बजारका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक पनि हो । शंकर ग्रुप अन्तर्गत रहेको जगदम्बा मोटर्स नेपालका लागि प्रोटोन र जेएमसी जस्ता फोर ह्विलरको आधिकारिक वितरक हो ।
नेपालमा कार प्रयोगकर्ताहरुको संख्या बढिरहेको छ । यस्तोमा वितरक परिवर्तन गरेर आक्रामकरुपमा बजार विस्तार गर्ने कम्पनीको विचार लागू होला त ? नेपालमा मार्सिडिज बेन्जको अबको बिक्रीले यो कुरा पक्कै पनि देखाउनेछ ।