Monday, June 5, 2023

एक पटकको पूरा चार्जमा ४ सय ३८ किलोमिटर यात्रा गर्न सकिने विद्युतीय कार सार्वजनिक हुदै

एक पटकको पूरा चार्जमा ४ सय ३९ किलोमिटर यात्रा गर्न सकिने विद्युतीय कार सार्वजनिक हुन लागेको छ । आफ्नो नयाँ विद्युतीय गाडी एक पटकको पूरा चार्जमा ४ सय ३९ किलोमिटरको रेन्ज दिने उत्पादक कम्पनी बिएमडब्लुले बताएको हो । बिएमडब्लुका उत्पादनहरुको सूचिमा थपिन लागेको यो मोडल आइएक्स-१ हुनेछ ।

लामो दुरीको यात्राका लागि प्रयोग गर्न सकिने गरि उत्पादन हुन लागेको यो मोडल पर्फमेन्सका दृष्टीले पनि अब्बल हुने कम्पनीले बताएको छ । प्रारम्भिकरुपमा सार्वजनिक गरिएको स्केचका आधारमा हेर्दा यो गाडी बिएमडब्ल्यु आइएक्स ३ बाट प्रभावित भएको देखिन्छ ।

यतिबेला बिएमडब्लु आइएक्स-१ को परीक्षण हुँदैछ । यो सन् २०२२ को अन्तिमसम्ममा भने सार्वजनिक हुने अनुमान छ । हालसम्म कम्पनीले यसको सार्वजनिक मितीबारे घोषणा गरेको छैन । तर अर्को महिना सार्वजनिक हुन लागेको मोडल पछि यो मोडल पनि सार्वजनिक गर्ने पालोमा पर्ने अनुमान गरिएको छ ।

बिएमडब्लु अर्को महिना आफ्नो लक्जरी सेडान आइ ७ सार्वजनिक गर्न लाग्दैछ । अप्रिल २० मा हुने बैइजिङ अटो सोमा बिएमडब्लुले आफ्नो मोडल बिएमडब्लु आइ ७ सार्वजनिक गर्न लागेको हो । कम्पनीको दाबी छ कि आइ ७ संसारकै पहिलो इलेक्ट्रिक लक्जरी सेडान हुनेछ जसले एक पटकको पुरा चार्जमा ६०० किलोमिटर भन्दा बढिको रेञ्ज प्रदान गर्न सक्छ ।

बिएमडब्लु आइ ७ मा क्रिस्टल ग्लासको प्रयोग गरिएको छ भने ३१ इन्च लामो थिएटर स्क्रिन राखिएको हुनेछ, जसमा ८के रिजोलुसन हुनेछ । यो मोडलमा नयाँ मोड तथा नयाँ पुस्ताको आइड्राइभ अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ । यसले गर्दा आफ्नो ड्राइभिङ अनुकुलतामा चालकलाई थप सहजता प्रदान गर्नेछ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
सबै अटो
सबै अटो
सबैअटो डट कम २०७८ चैत्रदेखि सञ्चालन भएको अटोमोबाइलसँग सम्बन्धित अनलाइन पोर्टल हो । तपाईले यसमा स्कुटर, बाइक, कार लगायतका सम्पुर्ण अटोमोबाइलका सम्पुर्ण जानकारीहरु यसमा पाउन सक्नु हुनेछ । sabaiauto.com हेर्दै गर्नुहोला तथा सबैअटोका फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब र टिकटकमा पनि हामीसँग जोडिन सक्नु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here