Monday, May 29, 2023

मोटरसाइकल चलाउनेहरुले सुरक्षित हुन जान्नै पर्ने सामान्य तर उपयोगी १० टिप्सहरु

मोटरसाइकल तुलनात्मकरुपमा सस्तो साधनमा गनिन्छ । यसैले यसका प्रयोगकर्ताहरु पनि अत्याधिक छन् । नेपालमा बार्षिक ३ लाख भन्दा बढि नयाँ मोटरसाइकल बिक्री हुने आंकडा छ । यो रोजाइको सवारी साधन सजिलो मात्रै छैन, सामान्य गल्तिले भयानक दुर्घटना पनि गराउन सक्छ । यसैले मोटरसाइकल चलाउदा सुरक्षाका उपायहरुका बारेमा जानकार हुनै पर्छ ।

यहाँ हामीले केहि सुरक्षाका उपायहरु सुझाव दिदैछौँ । यी सुझावहरु सबैका लागि उपयोगी हुन सक्छन् र यीनीहरु पालना गर्नका लागि धेरै लगानी पर्ने वा निकै ठुलो सिप चाहिने पनि हुदैन । सामान्य सुरक्षाका उपायहरुले पनि दुर्घटना टार्न सक्छन् । यी उपायहरु पढेर पालना गर्नुहोला ।

१. एउटा मात्र ब्रेकको प्रयोग गर्ने बानीले बाइकको सन्तुलन बिगार्छ । यदि तपाईं दुईवटै ब्रेकको प्रयोग गरेर मोटरसाइकल रोक्न सक्नुहुन्छ भने तपाईं सफल चालक हुनुहुन्छ । सुरक्षाका दृष्टिकोणले पनि यो कला महत्वपूर्ण छ । कम स्पिडमा सम्झिएरै दुइवटा नै ब्रेक प्रयोग गर्ने बानीको विकाश गर्नुहोस् ।

२. मोटरसाइकल चालकले हेल्मेट प्रयोग गर्दा सम्झौता गर्नु हुँदैन । जुनसुकै र जति सुकै छोटो यात्रामा पनि हेल्मेटको प्रयोग गर्न अल्छि गर्नु हुदैन । हेल्मेट खरिद गर्दा कस्तो कच्चापदार्थले बनेको हो, ध्यान दिनुपर्छ । हेल्मेट टाउकोमा मिल्ने खालको, तर सस्तो पायो भन्दैमा जहाँ पायो त्यहीँ किन्नु पनि हुँदैन ।

३. सडकमा धैर्य कायम गरेर आरामका साथ अगाडि बढ्नुपर्छ । हडबडी या हतार गर्नु जरुरी छैन । बाइक चलाउँदै गर्दा गतिलाई भने विशेष ध्यान दिनुपर्छ । अन्यथा, सानो गल्तीले पनि ठूलो दुर्घटना निम्तिन सक्छ । सडक र नियमानुसार बाइकको गति कायम राख्नु बुद्धिमानी हुन्छ ।

४. अगाडि तथा दायाँ–बायाँको सवारीसाधनसँग निश्चित दूरी कायम राख्नुपर्छ । ट्राफिक जामको वेलामा पनि वरिपरिको परिस्थिति बुझ्नुपर्छ । कुनै पनि सवारीसाधनको धेरै नजिक नजानु नै राम्रो हुन्छ । अझ भिरोलो सडकमा आफ्नो अगाडि पछाडिको सवारी साधनसँग पर्याप्त दुरी कायम गर्नु पर्छ । धेरै जसो सवारी रोकिएर अगाडि बढ्दा केहि पछाडि सार्ने गर्छन्, त्यो दुरीलाई सँधै हेक्का राख्नु पर्छ ।

५. कुनै स्थानमा रोक्नु वा मोड्नु छ भने त्यसको सूचना सही समयमा नै दिनुपर्छ । लेनमा आफ्नो दिशा अचानक परिवर्तन गर्नु हुँदैन । ट्राफिकलाई आफ्नो अगाडिको गन्तव्यको बारेमा इन्डिकेटर वा हातले पनि जानकारी दिनुपर्छ । ठ्याक्कै मोडिने बेलामा मात्रै साइड लाइट बालेर सुचना दिनु पनि सहि तरिका होइन ।

६. धेरैजसो नदेखिने मोडहरूमा दुर्घटना हुने गर्छ । त्यसैले हतारमा ओभरटेक गर्नु हुँदैन । विशेषगरी, जब ठूला सवारीसाधनको अगाडि बढ्नु छ भने ख्याल राख्नुपर्छ । अगाडिबाट कुन गतिमा के आइरहेको छ भन्ने प्रस्ट देखिने भए पछि मात्रै ओभरटेक गर्नु पर्छ ।

७. मोटरसाइक चलाउँदा लगाउने लुगामा पनि विशेष ध्यान दिनुपर्छ । महिलाका सारी तथा सलहरु पाङ्ग्रा वा चेनमा पसेर दुर्घटना भएका खबरहरु बारम्बार आइरहेका हुन्छन् । सवारीमा चलाउँदा वा पछाडि बस्दा यस्ता कुराहरु ख्याल गर्नु पर्छ ताकि कुनै पनि कपडाहरु पाङ्ग्रा वा चेनमा नबटारिउन् । यस्तै डबल रेनकोट पनि बटारिन सक्छ । खासगरि डबल रेनकोट प्रयोग गरेर एक्लै वाहन चलाउदा यसको एकदमै सहि ढंगले प्रयोग गर्नु पर्छ ।

८. राती वा कम उज्यालोमा मोटरसाइकल चलाउँदा हाइबिम लाइटको प्रयोग गर्नु पर्छ । तर अगाडिबाट अर्को साधन आइरहेको भए दुईवटा सवारीको प्रकाश भेटिने अवस्था हुने बित्तिकै लो बिम गर्नु पर्छ । हाइ बिम आँखामा परेमा राम्ररी सडक निकै बेर देखिदैन । यस्तोमा दुर्घटना हुने वा पैदलयात्रीलाई ठक्कर दिने सम्भावना हुन्छ । यसैले हाइबिमबाट ध्यान हटाउने कलामा पारंगत हुनु पर्छ ।

९. पछाडि यात्रु राखेको भए मोटरसाइकल चालकले सँधै एक पल्ट तयार भएको वा नभएको सोधेर मात्र सवारी चलाउनु पर्छ । आफ्नै अन्दाजले पछाडिको मानिसको बसाइका बारेमा निर्णय गर्नु हुदैन ।

१०. बाटो भिजेको, चिप्लो भए वा एकदमै हावाहुरी चलेको अवस्थामा मोटरसाइकललाई नियन्त्रण गर्न गाह्रो हुन्छ । यस्तोमा तिव्र गतिले दुर्घटना निम्त्याउन सक्छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
सबै अटो
सबै अटो
सबैअटो डट कम २०७८ चैत्रदेखि सञ्चालन भएको अटोमोबाइलसँग सम्बन्धित अनलाइन पोर्टल हो । तपाईले यसमा स्कुटर, बाइक, कार लगायतका सम्पुर्ण अटोमोबाइलका सम्पुर्ण जानकारीहरु यसमा पाउन सक्नु हुनेछ । sabaiauto.com हेर्दै गर्नुहोला तथा सबैअटोका फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब र टिकटकमा पनि हामीसँग जोडिन सक्नु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here