गतवर्ष वर्ष अक्टोबरमा लन्च गरिएको हिरोको एन्ट्री एडभेन्चर बाइक ‘एक्स-पल्स २०० फो भि’ ले २०२२ को ‘कार एण्ड बाइक’ अर्वाडमा केही उपाधि जित्न सफल भएको छ। यो मोटरसाइकलले ‘एडभेन्चर मोटरसाइकल अफ द इयर’ को साथै प्रतिष्ठित ‘दुई पाङ्ग्रे बाइक अफ द इयर’ अर्वाड जितेको हो।
यो एडभेन्चर बाइक फोर-भल्भ प्रति सिलिन्डर टेक्नोलोजीमा आधारित रहेको छ। यसअघी बाइकमा साधारण दुई भल्भ सेटअप गरिएको थियो। बाइकलाई अझ राम्रो बानउन परिमार्जित इन्जिन कूलिङ प्रणाली र संशोधित गियर अपग्रेड गरिएको छ।
‘कार एण्ड बाइक’ अर्वाडमा ‘एक्स-पल्स २०० फो भि’ ले केही ठुला बलिया दावेदार कम्पनीका बाइकसँग टक्कर गरेको थियो। उत्त अर्वाडमा प्रत्येक प्रतियोगीले एक वा अर्को खण्डमा पुरस्कार प्राप्त गरेका थिए। ‘टिभिएस रेडर’ ले ‘कम्युटर बाइक अफ द इयर’, ‘रोयल इन्फिल्ड क्लासिक ३५०’ ले ‘आधुनिक क्लासिक बाइक अफ द इयर’, ‘पल्सर २५०’ ले ‘वर्षको उत्कृष्ट प्रदर्शन बाइक’ र ‘टिभिएस जुपिटर’ ले ‘स्कुटर अफ द इयर ‘ उपाधि जितेका हुन्।