Monday, May 29, 2023

राम्रो फिचर र विशेषता सहित ओवेनको इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक

भारतको बैंगलोरमा रहेको स्टार्टअप कम्पनी ओवेन इलेक्ट्रीकले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले भारतमा यसको मुल्य ९९ हजार राखेको छ र यसको बुकिङ्ग पनि खुलिसकेको छ ।

‘ओवेन रोर’ नामाकरण गरिएको उक्त बाइकको डिजाइन ‘नियो-क्लासिकल’ रहेको छ । यसमा राउण्डसेप एलइडी हेडल्याम्पका साथै स्प्लीट सिट, स्प्लीट ग्रयावरेल, अलाय ह्वील, इन्टिग्रेटेड गोलाकार एलइडी डिआरएल रहेको छ । बाइकमा स्थायी चुम्बक मोटर प्रयोग गरिएको छ जसले १० किलोवाट उच्च आउटपुट र ४ किलोवाट निरन्तर आउटपुट उत्पादन गर्दछ । यो मोटरसाइकलमा ४.४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ ।

रोरले ६२ एनएमको टर्क विकास गर्छ जसले तीन सेकेन्डमा ०-४० स्पीड पुरा गर्न सक्दछ । टप स्पीड १०० किलोमिटर प्रतिघन्टा रहेको यो बाइक दुई घण्टामा पूर्ण रूपमा रिचार्ज हुन्छ र त्यसपछि यसले २०० किलोमिटरको रेन्ज प्रदान गर्दछ । यसमा तीनवटा सवारी मोडहरू, इको, सिटी र ह्याभोक उपलब्ध छ जसको टप स्पीड क्रमशः ५० किलोमिटर प्रतिघन्टा, ७० किलोमिटर प्रतिघन्टा र १०० किलोमिटर प्रतिघन्टा रहेको छ ।

हाल यो बाइक भारतको महाराष्ट्रबाट विक्री सुरु भएको छ । चाडै नै भारतभरी बिक्रि खुला गर्ने कम्पनीले जनाएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here