नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले ग्राहकहरूको घरमै गाडी मर्मतको लागि ‘वर्कसप अन ह्विल’ योजना सुरू गरेको छ ।
स्मार्ट वर्कसपमार्फत ग्राहकले घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्नेछन् ।
कम्पनीको अनुसार वर्कसप अन ह्विलमा आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् । जसले सामान्य सर्भिस, मर्मत तथा अरु गाडीसम्बन्धी काम गर्नेछन् ।
सुजुकीका आफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठकाअनुसार चारपांग्रे सवारीमामार्फत आधुनिक सेवा दिइनेछ । यसबाट ग्राहकले आपतकालीन सडक सहायता पाउँनेछन् ।
ग्राहकलाई सहज हुने स्थानमा पुगि सेवा दिने हुँदा निकै लाभदायक रहेको उनले बताए ।
यो सेवा हाल काठमाडौं, पोखरा, भैरहवा र नारायणघाटमा उपलब्ध छ । कम्पनीका अनुसार यसले छिट्टै नै अन्य शहरहरूमा पनि यो सेवा विस्तार गर्ने योजना बनाएको छ ।