काठमाडौं । विश्वकै चौथो ठूलो अटोमोबाइल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाइ’ गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रि-इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो ।
अहिले कुनै नाम नदिइएको यो ‘इलेक्ट्रिक भेहिकल’ सुरुमा युरोपमा सार्वजनिक गरिनेछ । त्यसपछि नेपाल र भारतसहित एसिया प्यासिफिक क्षेत्रमा पनि ल्याइने कम्पनीले जनाएको छ । यो ईभी जिपको लेजेन्डरी क्यापाबिलिटी भएको सेग्मेन्टकै एक मात्र ईभी हुनेछ ।
मंगलबार सार्वजनिक गरिएको पहेंलो रंगको जिप ईभीको आकार जिप रेनेगेड र कम्पासको बीचमा रहने देखिन्छ । फ्रन्ट सटमा जिपको सिग्नेचर सेभेन स्लट ग्रिल रहेको छ र एउटा ग्रिलमा अंग्रेजी अक्षरको ‘ई’ लेखिएको छ जसको अर्थ इलेक्ट्रिक भन्ने बुझिन्छ । पछाडिको भाग भने टेलपाइप विनाको चेरोकी वा रेनेगेड जस्तो देखिन्छ ।
जिपको ईभीलाई सीईओ कार्लोस टेभेरेसले स्टेलेन्टिसको २०२१ रिभ्युमा पहिलो पटक ‘अनभिल’ गरेका हुन् । उनले सन् २०२६ सम्ममा आफ्नो युरोपेली बिक्रीको शत प्रतिशत ईभी हुने लक्ष्य लिएको बताए ।