Sunday, June 11, 2023

‘गुरुजीबाट साहुजी’ बनाउने आइएमई मोटर्सको योजना कस्तो हो ? कसलाई कसरी के गाडी दिन्छ ?

नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ । गुरुजी (सवारी चालक)हरुलाई साहुजी (सवारी धनी) बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको हो ।

यस योजना अन्तर्गत अशोक लेलैण्डका जुनसुकै लाइट कमर्शियल भेहिकल (दोस्त) सिरिजका सवारी साधन बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा खरिद गर्न सकिनेछ । यी सवारी साधन खरिद गर्ने ग्राहकले तीन महिनासम्म मासिक किस्ता (इएमआई) तिर्नु नपर्ने सुविधा र आकर्षक ब्याजदरको लाभ लिन पाउने छन् ।

यो योजना आफ्नो साबिक काम छोडी आफ्नै व्यवसाय सुरु गर्ने चाहना बोकेका महत्वाकांक्षी चालकहरुप्रति समर्पित छ । ‘त्यसैले हामीले यसलाई ‘गुरुजी बाट साहुजी’ योजना भनेका छौं,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

यो योजनाले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै स्वरोजगारमूलक काम गर्न चाहनेलाई पनि राम्रो अवसर प्रदान गर्नेछ । त्यसैगरी, रोजगारी गुमाएर आफ्नै व्यवसाय सुरु गर्न खोजिरहेका र व्यवसाय विस्तार गर्ने योजनामा रहेका उद्यमीले पनि यो योजनाबाट लाभ लिन सक्छन् ।

नेपालमा अशोक लेलैण्डका सवारी साधनका लागि बलियो ग्राहक सेवा सञ्जाल छ । नेपालभर यसका २० भन्दा बढी आधिकारिक वर्कसपहरु छन् भने पार्टपुर्जाहरु सजिलै पाइन्छ । ८० प्रतिशतसम्म फाइनान्स र तीन महिनासम्मको किस्ता तिर्न नपर्नु बजारमा उपलब्धमध्येको सबैभन्दा आकर्षक अफर हो । यो उद्यमीहरुका लागि एकदम सुनौलो अबसर हो ।

इच्छुक व्यक्तिले आफ्नो नजिकैको अशोक लेलैण्डका सोरुममा गएर गाडी बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here