काठमाण्डौँ । फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट नेपालमा पनि आउने भएको छ । फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट भनिएको भए पनि कुन स्पेसिफिकेसनको भन्ने खुलिसकेको छैन । तर टुनल्याण्ड ई प्लस गाडी केही समय भित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले जानकारी दिएको हो ।
कम्पनीले नयाँ फोटोन टुनल्याण्डमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिएको छ। उक्त इन्जिनले १४८ हर्स पावर प्रदान गर्नेछ भने अधिकतम ३२० एनएम टर्क जेनेरेट गर्छ । ट्रान्समिसन ६ फरवार्ड १ रिजर्ब सिस्टम भएकाले माइलेज पनि उत्कृष्ट हुने कम्पनीको भनाइ छ । कम्पनीका सेल्स हेड नबिन आचार्यले भने, ‘पावर, लुक्स र पर्फमेन्समा जब्बर गाडी आउँछ । जसरी फोटोन टुनल्याण्डले चिनियाँ गाडी प्रति मानिसहरूले हेर्ने नजर परिवर्तन गरेको छ यो विश्वासलाई फोटोनले कायम राख्नेछ ।’
पावर,लुक्स र पफर्मेंसका कारण लोकप्रिय बन्दै गहिरहेको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रुपले वृद्धि गरिरहेको छ भने ग्राहकबिच पनि फोटोन टुनल्याण्ड रुचाइएको छ ।