Monday, June 5, 2023

फोर्डको प्रतिबद्धता – नेपाली ग्राहकलाई पाटपुर्जा र सर्भिसिङ सेवाहरू सहज उपलब्ध गराउने

फोर्ड इन्डियाले नेपालमा रहेका आफ्ना ग्राहकहरूलाई फोर्ड गाडीहरूमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने बताएको छ । अमेरिकी कार निर्माता कम्पनी फोर्डले सन् २०२१ को सेप्टेम्बरदेखि भारतमा आफ्नो उत्पादन प्रक्रिया बन्द गरेपछि सो निर्णय घोषणा गरिएको हो । नेपाली बजारमा भित्रिएका फोर्डका गाडीहरू भारतमा निर्मित हुन् ।

फोर्डले #कमिटेड टू सर्भ (#CommittedToServe) नामक नयाँ अभियान सुरू गरेको छ । यो अभियानसँगै नेपाली उपभोक्ताहरूलाई पार्टपुर्जाको सहज उपलब्धी, मर्मत सम्भार, सर्भिसिङ र वारेन्टीको सहयोग प्रदानमा कम्पनीले थप प्रतिबद्धता जनाएको छ । साथै, सेवाको गुणस्तरमा पारिवारिक अनुभूतिको समेत प्रतिबद्धता रहेको कम्पनीको भनाइ छ ।

‘पारिवारिक अनुभूतिको प्रतिबद्धता जस्तै फोर्डको सेवाको बारेमा कमिटेड टू सर्भ अभियान अघि बढाइएको हो । जसअनुरुप फोर्ड तपाईंहरूको साथमा छ भन्ने विश्वस्त पार्नेछौं । यो प्रतिबद्धता नेपालमा जिओ फोर्डमा रहेका सक्षम र व्यावसायिक टोलीमार्फत तपाईंहरूलाई दिइ रहनेछ,’ फोर्ड इन्डियाका मार्केटिङ, सेल्स र सर्भिसका कार्यकारी निर्देशक विनय रैनाले भनेका छन् ।

नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जिओ अटोमोबाइल्स प्रालि हो । भारतीय अखबार अटोकारको वार्षिक भेइकल मेन्टेनेन्स सर्भेमा फोर्डको सेवा प्रतिको प्रतिबद्धता स्थिर रहेको प्रमाणित भएको छ, जसकारण यो ब्रान्ड सो अवार्ड जित्ने सबैभन्दा किफायती ब्रान्डहरू मध्ये एक बनेको छ । उक्त सर्वेक्षणअनुसार फोर्डको सर्भिस र पार्टपुर्जाहरू सबैभन्दा किफायती छन् ।

यसमा जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा भन्छन्, ‘हामी फोर्ड एभरेष्ट, फोर्ड रेन्जर र फोर्ड र्‍याप्टर जस्ता मोडलहरू तेस्रो मुलुकबाट आयात जारी राख्नेछौं । र, स्पेयर पार्टस्को उपलब्धता र वारेन्टी पनि उपलब्ध गराउने छौं । यसले नेपालभरि रहेका फोर्डको सेवा केन्द्रहरूबाट सेवा निरन्तर राख्न सहयोग गर्नेछ र हामीलाई ग्राहकहरूलाई अझ प्रभावकारी रूपमा सेवा दिन मद्दत गर्नेछ ।’

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here