कार धेरैका लागि अनिवार्य सवारी साधन हो भने कतिपयका लागि कार सपना हो, रहर हो । जस्तो जे भए पनि कारले हाम्रो जीवनस्तर राम्रो बनाउँछ भने हामीलाई यात्राका लागि सहज पनि बनाउँछ ।
तर यति हुँदा हुदै कार निकै संवेदनशील सवारी साधन पनि हो । ड्राइभिङ लाइसेन्स लिनु, अन्य कागजातहरु प्राप्त गर्नु तथा कारलाई व्यवस्थित र सुरक्षित बनाउनु पनि महत्वपुर्ण हुन्छ । नत्र कारकै कारण दुर्घटनाको सम्भावना पनि हुन्छ ।
यसैले कारका मालिकहरुले कार लिए पछि के गर्नु हुन्छ र के गर्नु हुन्न भन्ने थाहा पाइराख्नु पर्छ । यहाँ हामीले त्यस्तै के गर्नु पर्छ र के गर्नु हुन्न भन्ने जानकारीहरुको संकलन गरेका छौँ । पक्कै पनि यी उपयोगी हुने छन् ।
१. के गर्नु पर्छ ?
कार चलाउँदा आफुलाई पुर्णरुपमा तयार बनाउँनु पर्छ । वरिपरी के हुदैछ, कस्तो वातावरण र मौसम छ भन्ने जानकारीसँगै यात्राभरको तापक्रमका बारेमा पनि जानकार हुनु पर्छ । कारमा बस्ने बित्तिकै सिटबेल्ट लगाउनु पर्छ । विस्तारै गाडी कुदाउनु पर्छ । ब्रेक बिस्तारै लगाउनु पर्छ । सबै जस्तो अवस्थामा शान्त रहनु पर्छ ।
२. के गर्न हुदैन ?
आवश्यक नभइ कार चलाउनु हुदैन । भरसक राती अथवा बिहान सबेरै कार चलाउनु हुदैन । तिव्र गतिमा कार चलाउनु भनेको दुर्घटनाको सम्भावना बढाउनु हो । यसैले तिव्र गतिमा कार कुदाउनु हुदैन । कार चलाउने कुरामा अधिक आत्मविश्वासी हुनु हुदैन । सकभर क्रुज कन्ट्रोलमा कारलाई दगुराउनु हुदैन । मिले सम्म ब्याक ड्राइभिङ गर्नु हुदैन ।