Monday, June 5, 2023

३०% डाउन पेमेन्टमा बीएमडब्लूको मोटरसाइकल किन्नुहोस्, २५ हजारको हेल्मेट पनि निःशुल्क पाउनुहोस्

नेपाली बजारमा सबै जसो मोटरसाइकल ब्राण्डहरुले फाइनान्स सुबिधामा मोटरसाइकल उपलब्ध गराउँदै आएका छन् । बीएमडब्लूका मोटरसाइकलमा फाइनान्स स्किम उपलब्ध रहेको बताउँदै आधिकारीक विक्रेता टर्क मोटर्सका मार्केटीङ हेड दिपेश श्रेष्ठ भन्छन्, ‘हामीले कम्पनीका नाममा मोटरसाइकल किन्नेलाई ३० प्रतिशत र व्यक्तिको नाममा किन्नेलाई ५० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल उपलब्ध गराउँदै आएका छौं ।’

बीएमडब्लू मोटरसाइकल किन्न चाहने ग्राहकले ३० प्रतिशत डाउन पेमेन्टमा किन्न पाउने भएका छन् । तर, कम्पनीले ३० प्रतिशत डाउन पेमेन्टको अफर भने कम्पनीको नाममा किन्ने ग्राहकलाई मात्रै दिएको छ । ब्यक्तिको नाममा किन्न चाहनेले भने ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

बीएमडब्ल्यु ब्राण्डका मोटरसाइकल फाइनान्स सुबिधामा मोटरसाइक खरिद गर्ने ग्राहकले ३ बर्षको अवधि र १५ प्रतिशत ब्याज तिर्नु पर्ने कम्पनीले जनाएको छ । कम्पनीले विक्री गर्ने जी ३१० आर र जी ३१० जिएसम तीन कर अप्सनमा उपलब्ध छ । जी ३१० आरको काइनाइट ब्लु मेटालीकको मूल्य १३ लाख ७५ हजार, कस्मीक ब्ल्याकको मूल्य १३ लाख ५० हजार र लाइमस्टोन मेटालीकको मूल्य १३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै जी ३१० जीएसको र्याली स्टाइलको मूल्य १४ लाख ७५ हजार रुपैयाँ, ट्रीपल ब्ल्याक र ह्वाइटको मूल्य १४ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ । फाइनान्स स्कीमको साथमा २० हजार नगद छुट र २५ हजार बराबरको हेलमेटसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । कम्पनीले बीएमडब्लूका जी ३१० आर र जी ३१० जीएस मोडल विक्री गर्दै आएको छ । कम्पनीले केही समय अघिमात्र बीएस ६ भर्सनमा यी दुई मोटरसाइकल ल्याएको थियो ।

यसका अलावा कम्पनीले बीएमडब्लूका अन्य मोडल पनि ग्राहकको माग अनुसार प्रि-बुकिङ गरेर मगाउन सक्नेछन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here