Monday, May 29, 2023

आफु चढ्ने मोटरसाइकल र गाडीको प्लेटमा नम्बर कसरी लेख्नुभएको छ ? कारबाहीमा पर्नुहोला नि

आफू चढ्ने मोटरसाइकल र गाडीको नम्बर प्लेटमा नम्बर कसरी लेख्नुभएको छ ? यातायात व्यवस्था विभागले तोकिए बमोजिम लेख्नु भएको छैन भने तपाईं कारबाहीमा पर्न सक्नुहुन्छ । विभागले केहि समय अगाडी सूचना जारी गर्दै प्रदेश नम्बरसहितको नम्बर प्लेट भएका अधिकांशले गलत तरिकाले नम्बर प्लेट राखेको बताएको छ ।

विभागका अनुसार सवारीको अगाडिको प्लेटमा तल र माथि गरी दुई लाइनमा र पछाडिको प्लेटमा ३ लाइनमा नम्बर प्लेटमा लेख्नुपर्ने छ ।

यो मापदण्ड अञ्चलको नाममा दर्ता भएका सवारी साधनलाई भने लागू हुने छैन । गत वर्ष दशैं अगाडि मोटरसाइकलको लागि बागमती अञ्चलमा ९९ अंकको नम्बर सकिएको थियो । त्यसपछि मन्त्रिपरिषदले देश संघीयतामा गइसकेकोले अञ्चलमा अंक थप्नुको सट्टा प्रदेशको नाममा दर्ता गर्ने निर्णय गरेको थियो ।

कसरी लेख्ने त नम्बर ?

विभागले नम्बर लेख्ने तरिका पनि सुझाएको छ ।

अगाडिको नम्बर प्लेट (दुई लाइनमा)

प्रदेश ३-०२

००२ प ३२३६

पछाडिको नम्बर प्लेट (तीन लाइनमा)

प्रदेश ३-०२

००२ प

३२३६

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here