Sunday, June 11, 2023

६ मिनेटको चार्जमा १०० किमिको रेन्ज दिने इलेक्ट्रिक कार आउँदै

दक्षिण कोरियन कम्पनी कियाले सन् २०२३ मा फ्ल्यागशिप इलेक्ट्रिक गाडी ईभी-९ लन्च गर्ने भएको छ । यो मोडलले ५ सेकेन्डमा ०-१०० किमी/घन्टाको (KM/h) गति लिन सक्ने कम्पनीले दाबी गरेको छ। ईभी-९ मा भएको एसयूभीले फुल चार्जमा करिब ५४० किलोमिटरको रेन्ज कभर गर्न सक्ने क्षेमता रहेको छ। यसका साथै ६ मिनेटको चार्जले यसले १०० किमिको रेन्ज पुरा गर्न सक्नेछ।

कियाले अझ सन् २०२७ सम्ममा १४ वटा मोडलका नयाँ इलेक्ट्रिक कार निकाल्ने योजना बनाएको छ। यसअघि कम्पनीले सन् २०२६ सम्ममा ११ वटा मोडलका नयाँ इलेक्ट्रिक कार निकाल्ने प्रतिबद्ध गरेको थियो।

साथै कियाले १,६०,००० युनिटको नयाँ बिक्री लक्ष्य राखेको छ जुन सन् २०२२ मा वार्षिक बिक्री लक्ष्यको ५ प्रतिशत हो। सन् २०२६ सम्ममा कम्पनीले ८,०७,००० युनिट बिक्री गर्ने योजना बनाएको छ जुन वार्षिक बिक्रीको २१ प्रतिशत हुनेछ। कम्पनीले २०३० सम्ममा करिब १२ लाख युनिटको लक्ष्य हासिल गर्ने योजना बनाएको छ, जुन कम्पनीको कुल बिक्रीको ३० प्रतिशत रहेको छ।

कियाले यि इलेक्ट्रिक कार भारत, अमेरिका, युरोप, चीन र कोरियामा उत्पादन गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले प्रत्यक वर्ष कम्तिमा २ वटा इलेक्ट्रिक कार लन्च गर्ने र २०२७ सम्ममा १४ वटा मोडलका नयाँ इलेक्ट्रिक कार लन्च गर्ने लक्ष्य लिएको छ। कारका साथै कम्पनीले इलेक्ट्रिक पिकअप ट्रक पनि उपलब्ध गराउने योजना बनाएको छ। किआले सन् २०२५ देखि भारतमा इन्ट्री र मिड साइज ईभी मोडल ल्याउने योजना रहेको बताएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here