यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन (सवारी चालक अनुमति पत्र) आवेदन फेरि बन्द गरेको छ। आज विभागले सुचना प्रकाशित गरि भोलि २०७८ चैत १ गते देखि अर्को सुचना जारी नभए सम्मको लागि उक्त प्रणाली बन्द हुन लागेको हो।
आजको दिनसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनु पर्ने भएकाले नयाँ आवदेन बन्द गर्नु परेको प्रकाशित सुचनामा उल्लेख छ। उक्त सूचनामा अर्को सूचना जारी नहुँदासम्म आवेदन सेवा सुरु नहुने बताईएको छ। यसको लागि विभागले सर्वसाधरणको सामु माफि पनि मागेको छ।
अहिले विभागले स्मार्ट लाइसेन्सको छपाईमा भएको ढिलाई तथा विभिन्नन कारणले गर्दा सर्वसाधरणले लाइसेन्स पाउन सकेका छैनन्। यसैलाई मध्यनजर गरेर विभागले यो व्यवस्था गरेको बताइएको छ ।
विभागले यसअघि पनि विभिन्न कारण देखाउँदै केही समय अनलाइन आवेदन बन्द गरेको थियो।
विभागले जारी गरेको सुचना