नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन, सीजी मोटोकर्पले सर्वाधिक माइलेज दिने पारिवारिक कार ‘सुजुकी सेलेरिओ’ सार्वजनिक गरेको छ ।
सबैभन्दा धेरै इन्धन प्रभावकारी एवं सर्वाधिक माइलेज दिने सो गाडीको ‘लो रनिङ कस्ट’का कारण र पेट्रोलियम पदार्थको बढ्दो मूल्यवृद्धिको भारबाट सेवाग्राहीले केही राहत पाउने विश्वास कम्पनीले लिएको छ ।
नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा र सुविधायुक्त सुविधाहरू रहेको कम्पनीको भनाइ छ ।
सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तले सेलेरियो गाडी नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी भएको बताए । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेकोले ग्राहकलाई थप आकर्षित र उत्त्साहित बनाउने उनको भनाइ छ ।