Tuesday, November 29, 2022

भोलिसम्म पल्सर २२० एफ खरिद गर्ने ग्राहकले २० हजार सस्तो मै पाउँने, अन्त थुप्रै अफर पनि

बजाज एक्सचेन्ज महामेलाको अवसरमा पारेर कम्पनीले पल्सर २२० एफ २० हजार कममै दिई रहेको छ । यसको समय अवधि पर्सिबाट सकिदै छ । यसको मतलब भोलि सम्म खरिद गर्ने ग्राहकले २० हजार कममै पाउँनेछन् । सरकारले आगामी आर्थिक वर्षमा (२०७९-८०)  २०० सीसीभन्दा माथिको मोटरसाइकलको कर बढाएको छ । योसँगै एक्सचेन्ज महामेला पछि पल्सर २२० एफको मूल्य ३ लाख ९५ हजार रुपैयाँ पुग्नेछ ।

हाल यसको नेपाली बजारमा मूल्य ३ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

साथै, एक्सचेन्ज महामेलामा ग्राहकले बजाजका कुनै पनि मोटरसाइकल तथा स्कुटर नगदमा खरिद गर्दा १० हजारसम्मको छुट पाउँनेछन् । कम्पनीले ग्राहकलाई ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्ने सुविधा पनि उपलब्ध गराईदिएको छ ।

मेला अन्तर्गत ग्राहकले कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँगबजाजको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्दछन् । यसबापत कम्पनीले मूल्याङ्कनका आधारमा ग्राहकलाई १० हजार रकम उपलब्ध गराउँने छन् ।

मेलामा मोटरसाइकल चेकअप क्याम्प, फ्रि एशोसिरज, एकै स्थानमा १८ भन्दा धेरै भ्यालुएटर,टेष्ट राइड जस्ता सुविधाहरु रहेका छन् । यसका साथै, हरेक दिन लक्की ड्र मार्फत ग्राहकले सामसङ मोबाइल जित्न सक्नेछन् ।

 मेला जेठ १८ गतेदेखि २४ गतेसम्म चल्ने नेपालको लागि बजाज मोटरसाइकलका आधिकारिक वितरक हुलास चन्द एण्ड कम्पनीले जनाएको छ ।

Latest

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

यस्तो छ गतमहिना लन्च भएको नयाँ भेन्यू एन लाईन

हुन्डाईले सेप्टेम्बर ६ मा भारतीय बजारमा नयाँ भेन्यू एन लाईन लन्च गरेको थियो । कम्पनीले भारतीय बजारमा यसको मूल्य भारु १२.१६ लाख देखि तोकेको छ...

यस्तो छ अडीको एक्सयूभी क्यु ७

जर्मन कार निर्माण कम्पनी अडीले भारतीय बजारमा हालसालै आफ्नो लक्जरी सेगमेन्टको एक्सयूभी क्यु ७ लन्च गरेको थियो । यो गाडीको मूल्य अहिले भारतीय बजारमा...

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here