हुन्डाई आइ ट्वेन्टी i20, GNCAP क्र्यास टेस्टमा वयस्क र बालबालिकाको सुरक्षाका लागि ३-स्टार रेटिङ प्राप्त गरेको छ । प्रयोगकर्ता माझ धेरै नै लोकप्रिय रहेको हुन्डाई i20, ग्लोबल NCAP द्वारा परीक्षणको पछिल्लो चरणमा परीक्षण गरिएका मोडेलहरूमध्ये एक थियो ।
यो परीक्षणको लागि प्रयोग गरिएको हुन्डाई i20, एन्ट्री-लेभल भेरियन्ट थियो जुन डुअल फ्रन्ट एयरब्याग, एबीएस र फ्रन्ट सिटबेल्ट रिमाइन्डर जस्ता सुरक्षा सुविधाहरूको साथमा आउँछ ।
हुन्डाई i20 ले वयस्क व्यक्तिहरूका लागि १७ मा ८.८४ अंक प्राप्त गरेको छ, जसले गर्दा 3-स्टार रेटिङ प्राप्त गरेको हो । NCAP को प्रतिवेदनले बडीशेल र गाडीको फुटवेललाई अस्थिर र थप भार सहन नसक्ने गरी मूल्याङ्कन गरेको छ । चालकको छातीमा प्रदान गरिएको कमजोर सुरक्षा र चालकको साथै यात्रुको घुँडामा पनि सामान्य मात्र सुरक्षा प्रदान गर्ने टेस्टले देखाएको छ । जसको कारण i20 ले टेस्टमा राम्रो स्कोर गर्न सकेन ।
बालबालिकाको सुरक्षाको सन्दर्भमा, हुण्डाई i२० ले ४९ मध्ये ३६.८९ अंकका साथ ३ स्टार रेटिङ प्राप्त गर्यो । ग्लोबल एनसीएपीको रिपोर्ट अनुसार कारले बच्चालाई सिटबाट अत्यधिक अगाडि आउनबाट रोक्न सफल भयो तर बच्चाको घाँटीमा कमजोर सुरक्षाको कारणले केही पोइन्टहरु गुमायो ।